काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ। निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए। सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ। रिटमा निर्वाचन आयोगलाई विपक्षि बनाइएको छ।