विराटनगर-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले अहिलेको व्यवस्थाको स्थायित्वका लागि संसद् पुनस्र्थापनाको पक्षमा फैसला गर्ने दाबी गरेका छन् ।नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अदालतले संविधानभित्रैबाट संसद् पुनस्र्थापनाको निर्णय गर्ने विश्वास व्यक्त गरे । “सर्वोच्च अदालतले संविधान र व्यवस्थाको स्थायित्व, मुलकमा शान्ति र जनताको समृद्धिको चाहनाअनुसार नै फैसला गर्छ […]