२०६२/६३ को जनआन्दोलनपछिका केही वर्ष कांग्रेसका हर्ताकर्ता थिए, कृष्णप्रसाद सिटौला । उनी आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला सरकारको गृहमन्त्री थिए । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने म्यान्डेट सरकारलाई थियो ।
तत्कालीन विद्रोही माओवादीलाई शान्ति सम्झौतामा ल्याउने काममा सिटौलाको प्रशस्त मेहनत परेको छ, गृहमन्त्रीको रूपमा । त्यसबेला सिटौला कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र पनि थिए ।
२०६५ जेठ १५ मा संसद्को पहिलो बैठकले गणतन्त्र घोषणा गरेपछि तत्कालिन राजा ज्ञानेन्द्रसँग सरकारको तर्फबाट संवाद गरे...