काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली संसद पुर्नस्थापना पनि हुन नदिने र निर्वाचन पनि नगर्ने खेलमा लागेको बताएका छन् । हाम्राकुरासँग कुरा गर्दै सिटौलाले प्रधानमन्त्री ओली संसद पुर्नस्थापना पनि हुन नदिने र निर्वाचन पनि नगर्ने नियतबाट अघि बढिरहेको बताएका हुन । ‘संसद पुर्नवहाली पनि गर्न नदिने र निर्वाचन पनि नगर्ने डिजाइनको खेलमा देश फसेको छ, त्यसलाई क्रस गर्न, संविधानलाई बचाउन र देशलाई जोगाउन आन्दोलनको विकल्प छैन ।’ सिटौलाले भने ।