नेपाली काँग्रेसले सिट बाँडफाँट मिलाउन सत्ता गठबन्धनका पाँचै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताको बैठकले गठबन्धन जोगाएर जानुको विकल्प नभएको भन्दै सिट बाँडफाँटमा सबै दल लचक हुनुपर्ने निष्कर्ष निकालेको हो ।बैठकमा गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय गगन थापा र ज्ञानेन्द्र कार्कीले अहिलेसम्म छलफलबारे बिफ्रिङ गरेका थिए । कार्यदलका रहेका सिटौला, थापा र कार्कीले पाँच दलको दाबी र मो