प्रादेशिक स्टार्टअप नीति तर्जुमाका लागि संवाद

विराटनगर  । कोशी प्रदेशको Startup नीति तर्जुमाका लागि विराटनगरमा सरोकारवालाहरूबीच संवाद भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा बिहीवार संवाद कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रादेशिक Startup नीति तर्जुमा कार्यलाई समयसापेक्ष बनाउने, प्रदेशभरका स्टार्टअपको विवरण अद्यावधिक गर्ने, नीतिमा समावेश गर्ने विषयको पहिचान गर्ने, लगानीको तौरतरीका र Technologyको प्रयोगबारे धारणा विकास गर्ने लगायत विषयमा अन्तरक्रिया भएको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले नव उद्यमीको व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपालमा कुनै पनि नयाँ आइडियालाई रोक्न नहुने बताए । नयाँ नयाँ आइडियालाई सरकार र निजीक्षेत्रले सहयोग गर्दै अघि बढाउन सके त्यसबाट मुलुकमा नवप्रवर्तन सम्भव हुने उनको भनाइ थियो । विश्वमा स्टार्टअप संस्कृति धेरै पुरानो भए पनि नेपालमा भर्खर हुर्कंदै गरेको र उद्यमशीलताप्रति नवउद्यमीको चाख तथा आकर्षण उल्लेख्य बढेको उनले बताए ।  उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको अध्यक्षमा आयोजित कार्यक्रममा स्टार्टअप विज्ञहरू जीवनप्रकाश सिटौला र निरज खनालले नेपालमा स्टार्टअपको विकास, पृष्ठभूमि, स्टार्टअप नीतिमा प्रस्तावित व्यवस्थाहरूबारे प्रस्तुतीकरण गरेका थिए । उक्त प्रस्तुतिमाथि टिप्पणी गर्दै युवा उद्यमी प्रतीक राउत, कृषिविज्ञ डा. राजेन्द्र उप्रेती, मन्त्रालयकी खाद्य अनुसन्धान अधिकृत विमला पोखरेल, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, नेपाल घरेलु तथा साना उद्योग संघ मोरङका अध्यक्ष चेतन निरौला, विकल्प द अल्टरनेटिभका वसन्त अधिकारी लगायतले स्टार्टअप क्षेत्रलाई अघि बढाउन सरकारले उपयुक्त नीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित सामग्री

मनऋषिका जनयुद्धकालीन डायरीमाथि संवाद

पत्रकार, साहित्यकार मनऋषि धितालद्वारा लिखित तथा संग्रहित जनयुद्धकालीन डायरीमाथि धनगढीमा संवाद कार्यक्रम भएको छ। जनयुद्धका समयमा आफूको भोगेका, अनुभूति गरेका विषयहरु समेटेर सातवटा डायरी एकै पटक प्रकाशनमा ल्याएका धितालले साहित्यकार, पाठक,...

धितालका जनयुद्धकालीन डायरीमाथि ‘नेपालगञ्ज संवाद’

जानकी (बाँके), २४ फागुन । पत्रकार मनऋषि धितालद्वारा जनयुद्धमा केन्द्रित रही हालै प्रकाशित पुस्तकहरुमाथि समीक्षात्मक चर्चा भएको छ । नेपालगञ्जमा बुधबार आयोजित ‘नेपालगञ्ज संवाद’ कार्यक्रममा पुस्तकहरु ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’ र ‘गण्डकयात्रा’मा संवाद गरिएको हो । ‘नेपालगञ्ज संवाद’ नाम दिइएको उक्त छलफल कार्यक्रममा साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था र परिस्थितिलाई […]

नागरिकका प्रत्यक्ष प्रश्नसहित ‘विकासका लागि संवाद’

संवाद कार्यक्रममा दैलेखमा कार्यरत सबै कार्यालयले आफ्नो कामको प्रगति प्रस्तुत गरेका थिए।

परिवर्तन गरियो 'आदिपुरुष'का यी संवाद

‘आदिपुरुष’ को निर्माण टिमले फिल्मका केही संवाद परिवर्तन गरेको छ। फिल्ममा समावेश केही संवादहरुको आलोचना भएपछि परिवर्तन गरिएको हो। फिल्ममा समावेश चार संवादहरुलाई परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अब फिल्ममा ‘कपडा तेरे बापका, तेल तेरा बापका, आग तेरा बापका तो जलेगी बी तेरी बापकी’ संवादहरु सुन्न पाइनेछैन। यस्तै संवाद र…

बृहत् संवाद कार्यक्रम हुने

बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम २०२३ आयोजना गरिने भएको छ। नबिल बैंकद्वारा प्रायोजित उक्त कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौं स्थित होटल सोल्टीमा बैंकिङ समाचारले आयोजना गर्न लागेको हो।...

सर्वसाधारणसँग ओलीको चार घन्टा टेलिफोन संवाद

एमाले अध्यक्ष केपी ओलीले मतदातासँग चार घन्टा टेलिफोन संवाद गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलबाट ओलीले मतदातासँग शुक्रबार चार घन्टा टेलिफोन संवाद गरेका हुन् ।  टेलिफोन संवादपछि उनले सुझाव लिन पाएकोमा उत्साहित...

राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक

एशियामै पहिलो पटक सञ्चालन भएको कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ।...

मोक्षभूमिमाथि सिंजा संवाद

उपन्यासकार केशव दाहालको मोक्षभूमिमाथिको सिंजा संवाद सम्पन्न भएको छ। कर्णाली साहित्य समाजको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा दाहालको उपन्यासमाथि संवाद गरिएको थियो।...

सार्वजनिक नीति संवाद सम्पन्न

नीति अनुसन्धान प्रतिष्ठानले सञ्चार माध्यमसँग सम्बन्धित विषयमा सार्वजनिक नीति संवाद सम्पन्न गरेको छ । पत्रकारितासँग सम्बन्धित नीति तथा कानुनी दस्तावेजहरू कार्यान्वयनको अवस्थामा आधारित सार्वजनिक नीति संवाद गरेको हो ।नेपाल सरकारलाई नीतिसँग सम्बन्धित विषयमा अनुसन्धान गरी सुझाव दिने विज्ञ समूहको रूपमा रहेको प्रतिष्ठानले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूसँग पत्रकारितासँग सम्बन्धित प्रारम्भिक चरणको सार्वजनिक नीति संवाद सम्पन्न […]