माओवादीले सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण चलाउने

नेकपा माओवादी केन्द्रले सात भौगोलिक दुइ गैर भौगोलिकसहित नौ प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने भएको छ । आगामी भदौ सात गतेसम्म गठबन्धनको चुनावी तालमेलका विषयमा गम्भीर छलफल हुने भएकाले भदौ आठ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने भएको हो । पार्टीलाई चुनाव केन्द्रीत बनाउन राजनीतिक तथा वैचारिक प्रशिक्षण भदौ आठ गतेदेखि मधेस प्रदेशबाट सुरु गर्ने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बाग्मती प्रदेश, १३ गते उपत

सम्बन्धित सामग्री

मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन

जनकपुरधाम । मधेश प्रदेश सरकारका मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । तर, भागबन्डा नमिलेपछि नेकपा (माओवादी केन्द्र) सहभागी भएन । माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । माग पूरा नभएपछि माओवादीले कुनै मन्त्रालय पाएन ।६ जना मन्त्री र ३ जना राज्यमन्त्रीले आज सपथ लिएका छन् । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीको रुपमा महेशप्रसाद […] The post मधेश प्रदेशमा मन्त्रीहरुको सपथ, माओवादीले भाग लिएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चार प्रदेशमा सरकार गठन प्रक्रिया सुरु

चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले मधेसमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी भए पनि कुन प्रदेशमा कसको नेतृत्व भन्ने टुंगिन बाँकी छ । केन्द्रमा शीर्ष नेताबीच प्रदेशको शक्ति बाँडफाँड...

मधेश प्रदेशमा माओवादी शून्य

जनकपुरधाम – प्रतिनिधिसभा तर्फ मधेस प्रदेशमा माओवादी केन्द्र निल भएको छ । आठवटा जिल्लाका ३२ प्रतिनिधिसभा क्षेत्रमा माओवादीले एक क्षेत्र पनि जितेन । पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रका ६ उम्मेदवार प्रतिस्पर्धामा थिए । यस्तै माओवादी केन्द्रकै चुनाव चिन्हबाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव पनि चुनावमा प्रतिस्पर्धा गरिरहेका थिए । मधेस प्रदेशको ३१ वटा […]

माओवादीले संघमा ६०, प्रदेशमा १२० दाबी गरेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे । ‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना हुन्छ । ती सबै एउटै पार्टीको भागमा पर्ने होइन । हाम्रो पार्टीका साथीहरुले कार्यदलमा ६० सिटभन्दा घट्न सकिँदैन भनिरहनुभएको छ । प्रदेशमा १२० जति होला&rsqu

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्

माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते […]

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

मधेस प्रदेशमा चढ्यो चुनावी रंग

सत्तारूढ अर्को दल माओवादी केन्द्रले पनि चुनावी कार्य योजनासहित आफ्ना नेता–कार्यकर्तालाई गाउँगाउँमा परिचालन गरेको छ। केन्द्रीय नेताहरू कार्यकर्ता प्रशिक्षण र गाउँ जागरण अभियानलाई तीव्रता दिएको छ। माओवादीले चुनाव केन्द्रित अभियानअन्तर्गत मधेस प्रदेशमा प्रशि...

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो ...