कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्