नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे । ‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना हुन्छ । ती सबै एउटै पार्टीको भागमा पर्ने होइन । हाम्रो पार्टीका साथीहरुले कार्यदलमा ६० सिटभन्दा घट्न सकिँदैन भनिरहनुभएको छ । प्रदेशमा १२० जति होला&rsqu