सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ। राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोली बनाएर कामलाई तिव्रता दिइएको हो । टोलीको संयोजकमा जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण