राजधानीमा हैजा सङ्क्रमणको स्रोत पहिचानमा जुट्दै सरकार

काठमाडौं । काठमाडौंमा दुई जना महिलामा हैजा सङ्क्रमण पुष्टि भएपछि सरकारले हैजाको स्रोत पहिचानको प्रक्रिया अघि बढाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका बागबजारका महिलामा हैजा पुष्टि भएपछि सङ्क्रमण स्रोतको पहिचानमा जुटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक चुमनलाल दासले बताए ।यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, महानगरपालिका, इडीसीडी पनि स्रोत पहिचानमा खटिरहेको उनले बताए । उनले बागबजार क्षेत्रको पानी, ढल, खाद्यान्न लगायतको नमुना सङ्कलन गरिएको जानकारी दिए ।ड