काठमाडौंमा देखिएको हैजा नियन्त्रण गर्ने प्रयासमा सरकार

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि सरकारले नियन्त्रणको तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले उपत्यकामा बढ्दै गएको हैजा तथा झाडापखाला संक्रमण नियन्त्रणका लागि तयारी अगाडि बढाएको हो।महाशाखाका हैजा रोगमा फोकल व्यक्ति डा खगेश्वर गेलालका अनुसार आजै मात्र महाशाखा, काठमाडौं महानगरपालिका, उपत्यकाका तीनवटै जिल्ला जनस्वास्थ्य कार्यालय, उपत्यका खानेपानी लिमिटेड सहितको बैठक बसेर हैजासम्बन्धी ज