नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो नीति लिएको आरोप लगाएका छन् । सोमबार विहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका हुन् ।‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका