पार्टी विभाजनमा माधव नेपाललाई नसघाउने ९ नेताको विज्ञप्तिमा के छ ? [पूर्णपाठ]

माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्...