नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनलाई एजेण्डा बनाइएको छ ।
बिहीवार बसेको बैठकमा उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य रघुजी पन्तले १० बुँदे सहमतिबारे अध्यक्ष ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेका थिए । बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बुधवार ओलीले १० बुँदे सहमतिको एकतारे नबजाउन आग्रह गरेका थिए ।
बिहीवारको बैठकमा १० बुँदे सहमतिबारे ओलीको अभिव्यक्तिबारे नेताहरूले प्रश्न उठाएपछि प्रवक्त...