गत पुस २२ मा भारतको मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भयो । त्यसको पुष्टि भने भारतले पुस २५ मा मात्रै गर्यो । भारतमा बर्डफ्लु देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पपद/जोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्यमा रोग संक्रमित मुलुकबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातमा बन्देज लगाएको छ ।