बाँकेमा कुखुरा तस्करी बढ्दा व्यावसायिक किसान मर्कामा परेका छन् । भारतबाट खुला सीमाको फाइदा उठाउँदै कुखुरा भित्रिन थालेपछि यहाँका किसानका कुखुरा बिक्री हुन छाडेका हुन् । भारतीय कुखुरा नेपालीभन्दा प्रतिकिलो ४० रुपैयाँ कममा पाइन्छ । त्यसैले व्यापारीले चोरबाटो भएर भारतबाट कुखुरा भित्र्याइरहेका छन् ।