मासु र अण्डामा मुलुक आत्मनिर्भर रहे पनि बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख …