परियोजनाद्वारा चितवनमा करिब ४ करोड बराबरका अनुदानका योजना

परियोजनाले तरकारी, केरा, धान र मौरी पालक किसानका लागि प्रस्ताव आह्वान गरेको हो। परियोजनाले सबैभन्दा धेरै धान जोन अन्तरगत २ करोड ४ लाख २१ हजार रुपैयाँका कार्यक्रमका सञ्चालन गर्न लागेको छ। त्यस्तै केरा जोन अन्तरगत ६७ लाख, मौरी जोनका ६२ लाख र तरकारीमा ३० लाख...

सम्बन्धित सामग्री

चितवनमा रत्ननगर महोत्सव हुँदै

चितवन (अस) । चितवनको रत्ननगरमा ११ औं संस्करणको रत्ननगर महोत्सव हुने भएको छ । महोत्सव पुस २७ देखि माघ ८ गतेसम्म हुने भएको हो । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा रत्नगरको टिकौलीचौरमा महोत्सव हुनेछ । उद्योग वाणिज्य संघ रत्ननगरले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । रत्ननगर उवासंघ अध्यक्ष अनिल श्रेष्ठले उद्योग, व्यापार, कृषि, पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय कला–संस्कृतिसहितका गरी करिब ३५० स्टल रहनेछन् ।  महोत्सव करिब ३ लाखले अवलोकन गर्ने र १५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको मूल आयोजक समिति संयोजकसमेत रहेका  श्रेष्ठले बताए । महोत्सवमा स्थानीय खाना परिकार तथा पोल्ट्री प्रवद्र्धन गर्न पुसा २९ देखि माघ ३ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एन्ड एग फुड फेस्टिबल गरिने श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, महोत्सवमा पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा पर्यटन प्रचार–प्रसार गर्न चितवनका प्रमुख पर्यटकीय गन्तव्य समेटेर सूचना केन्द्रको व्यवस्था गरिएको छ ।

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो । संघले आज मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूल नारा ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ रहेको छ । प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् । यसैगरी प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् । यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । यो प्रदर्शनीलाई इभेन्ट संसारले व्यवस्थापन गर्नेछ । प्रदर्शनीमा १५० भन्दा बढि प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।प्रदर्शनीले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी गराउने, नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउने, व्यवसायी र कृषकबीच कार्यगत समन्वय गराउने, लगानीको अवसर सिर्जना गर्ने, प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणाली विकास गराउन सहयोग गर्ने संघका महासचिव कृष्ण शर्माले बताए ।संघले यसअघि २०७० मा चितवनमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषि यान्त्रीकरण प्रदर्शनी संघले आयोजना गरिसकेको छ ।

एमाले महाधिवेशनमा ५ करोड खर्च हुने अनुमान (भिडिओ)

चितवन । नेकपा एमालेले पार्टीकाे १० औं महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने बताएकाे छ  । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सदस्यहरुबाट ८ करोड १० लाख जम्मा हुने र करिब ५ […]

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

चितवनमा माछा खेती विकास गर्न करिब ३ करोडको बजेट

चितवन । चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ ।      कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालू आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उनका अनुसार अनुदान कार्यक्रममा मात्रै पाँच करोड ५० लाख छुट्याइएको छ । कार्यालयले चालू आर्थिक वर्षमा बाख्रा, गाईभैंसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धनअन्तर्गत ७५ लाख बजेट रहेको चापागाईंले बताए । त्यस्तै, भरतपुर महानगरपालिका–२७ मा भैंसी प्रवर्द्धन गर्न १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाई प्रवद्र्धन गर्न १५ लाख, कवुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको उनले जानकारी दिए । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना कृषक लक्षित ३५ लाख र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस

रोयल सासाद्वारा औषधिको परीक्षण उत्पादन सुरु

चितवनमा औषधि उद्योगमा लगानी थपिएको छ । भरतपुर–१८ मा रोयल सासा नेपाल फर्मास्यिुटिकल्स प्रालिले परीक्षण उत्पादन सुरु गरेको छ । चितवनमा एक दर्जन औषधि उद्योग छन् । रोयल सासाले करिब ५० करोड लगानी गरेको छ । एलोपेथिक औषधि बनाउने काम थालेको छ । कार्यकारी अध्यक्ष रञ्जन थापाले २४ प्रकारका एण्टीवायोटिक औषधिको परीक्षण उत्पादन सुरु भएको जानकारी दिए ।

चितवनमा एक वर्षमा २४ अर्ब राजस्व

चितवनमा एक वर्षको अवधिमा करिब २४ अर्ब राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा २३ अर्ब ९३ करोड ९० लाख ८१ हजार ४७९ रुपैयाँ राजस्व संकलन भएको हो । जसमध्ये कर राजस्वतर्फ ९०.६ प्रतिशत र गैरकर राजस्व ९.४ प्रतिशत संकलन भएको छ ।

हावाहुरी र असिनापानीले मौरीपालक किसानको एक करोड क्षति

चितवन : हावाहुरी र असिनापानीले चितवनमा मौरीपालनमा ठूलो क्षति भएको छ। मौरीपालका महासंघका अनुसार करिब एक करोड आठ लाख रुपैयाँको क्षति भएको छ। महासंघका अनुसार हावाहुरीले जिल्लामा ६३ जना किसानको पाँच हजार ५१५ घार मौरी प्रभावित भएको छ। त्यसमध्ये तीन हजार ६१७ घार मौरी पूर्ण नष्ट भएको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्...

आयल निगम जग्गा खरिद प्रकरण : 'चितवन र भैरहवामा ८० करोड घोटाला'

चितवन :आयल निगमले पेट्रोलियम पदार्थ मण्डारणका लागि चितवन र भैरहवामा जग्गा खरिद गर्दा करिब ८० करोड रुपैयाँ घोटाला भएको आँकलन संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता समितिमातहतको उपिसमिति टोलीले गरेको छ। स्थलगत अनुगमनामा रहेको उपसमितिले चितवनमा ६० र भैरहवामा १९ करोडभन्दा बढी अनियमितता भएको जनाएको हो। उपसमितिक...