चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

सम्बन्धित सामग्री

दानाको मूल्य बढ्दा जिरीको दूध उत्पादन घट्यो

दोलखा– दोलखाको गाई आनुवंशिक स्रोत केन्द्रको दूध उत्पादन र राजस्व घटेको छ । अघिल्ला वर्षको तुलनामा दूध बिक्रीबाट प्राप्त हुने राजस्व गत आर्थिक वर्षको भन्दा आठ लाख ४० हजारले घटेको छ । अघिल्लो आर्थिक वर्ष दूध उत्पादन वृद्धि हुँदा राजस्व वृद्धि पनि १४ लाख बढेकोमा गत आर्थिक वर्ष २०७९/०८० मा भने घटेको छ । देशकै […]

गण्डकीमा दूध, मासु र अण्डा उत्पादन घट्यो

गण्डकी, २३ साउन । गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो । आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । […]

चितवनमा दूधको उत्पादन घट्यो, खपत बढ्यो

साउन २३, चितवन । निषेधाज्ञा खुकुलो भएसँगै र दूधको माग बढ्दै जाँदा चितवनमा दुधको खपत बढ्दै गएको छ । तर निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैँसी पाल्न कम गर्दा पछिल्लो समय दूधको उत्पादन घटेको किसानहरुले बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर ५ का किसान इन्द्रमणी गैरे साउन लागेपछि दूधको खपत अनेपेक्षित रुपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा नत घरवालाले माग्थे नत डेरी पसलनै पूर्णसमय खुल्थे उनले भने, पहिले बजार आफैले लैजादा फर्काउनु पर्थ्यो अहिले उत्तिखेर विक्री हुन्छ ।’ उनले हाल आफ्नो घरमा  दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकोमा सबै दुध विक्री भएको बताए ।  चितवनमा कतिपय किसानले सिधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पुर्‍याउँदै आएका छन् त कतिपय किसानले सहकारी मार्फत दूध विक्री गर्दै आएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर १६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादन नै कम भएको बताउँछन् । ‘अहिले माग त छ दूध उत्पादन छैन उनले भने, निषेधाज्ञा अघि दैनिक ३ हजार लिटर दुध संकलन थियो अहिले १ हजार ५०० लिटर संकलन छ ।’  राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपतमात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसान पनि घटे, दूध उत्पादन पनि घट्यो, उनले भने, उत्पादनको तुलनामा खपत बढेपछि विक्री राम्रै जस्तो देखिएको मात्र हो ।’ विशेषगरी साउन महीनामा हिन्दुहरुको चाड पर्व र व्रत वस्ने प्रचलन  भएकोले दूधको खपत बढेको उनले बताए ।  साउन महीना उत्पादन घट्ने र खपत बढ्ने महीना भएको हुँदा पनि दूधको माग र आपुर्तिमा सन्तुलन नभएको हो । चितवनमा अन्य समयमा दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भएपनि हाल करीब ३ लाखको लिटरको हाराहारीमा दूध उत्पादन हुने गरेको छ ।  ‘अहिले गाईभैँसी ब्याउने बेला भएकोले उत्पादन कम र खपत बढ्ने महीना पनि हो ।’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने ।  हाल घरघरमै दुधको माग र खपत बढी भएकोले पनि बजारमा दूध अभावजस्तै देखिएको उनले बताए । उनका अनुसार अन्य समयमा चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्लामा पठाउने गरिएपनि यो महीनामा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरिएको छ । ‘गर्मीको समयमा दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेपछि मानिसको गतिविधि लगायत सबै बढेपछि द्ूधको खपत पनि स्वतः बढ्नेनै भयो ।’ वगालेले भने ।  यसपटकको ४५ दिनको निषेधाज्ञामा मात्र चितवनमा ११ करोड ७ लाख ८१ हजार ३४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेको किसानले बताएका थिए ।  जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध भएका ११० ओटा दुग्ध सहकारी छन् भने यहाँ करीब ४० हजार जना किसानले दूध बेच्ने गर्दछन् ।

दार्चुलामा दूध उत्पादन घट्यो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank