चितवनमा माछा खेती विकास गर्न करिब ३ करोडको बजेट

चितवन । चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ ।      कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालू आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उनका अनुसार अनुदान कार्यक्रममा मात्रै पाँच करोड ५० लाख छुट्याइएको छ । कार्यालयले चालू आर्थिक वर्षमा बाख्रा, गाईभैंसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धनअन्तर्गत ७५ लाख बजेट रहेको चापागाईंले बताए । त्यस्तै, भरतपुर महानगरपालिका–२७ मा भैंसी प्रवर्द्धन गर्न १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाई प्रवद्र्धन गर्न १५ लाख, कवुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको उनले जानकारी दिए । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना कृषक लक्षित ३५ लाख र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस  

सम्बन्धित सामग्री

असारमा मात्रै एक चौथाइ विकास बजेट खर्च

तनहुँमा एक महिनामा करिब एक चौथाइ विकास बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० को असार महिनामा मात्रै संघ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । असार महिनामा मात्रै पुँजीगततर्फ एक अर्ब ४० करोड २४ लाख बजेट खर्च भएको […]

कसरी बढाउने विकास सहायता ?

वार्षिक बजेटमा विकास सहायताको अंश करिब एकचौथाइ रहेको छ । कुल बजेटबाट पुँजीगत खर्चका लागि विनियोजन हुने बजेट र विकास सहायताको हिस्सा उस्तै–उस्तै देखिन्छ । यसरी हेर्दा विकास सहायताले विकास बजेट निर्माणका...

बाँकेमा विकास बजेट खर्च न्यून

चालू आर्थिक वर्षको आठ महिनामा बाँकेमा विकास बजेट खर्च न्यून भएको छ । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका लागि संघ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये लक्ष्यको तुलनामा करिब साढे २७ प्रतिशतमात्र पुँजीगत बजेट खर्च भएको छ । कुल आठ अर्ब ९७ करोड २० लाख ७७ हजार बजेटमध्ये दोस्रो चौमासिकसम्म दुई अर्ब ४६ करोड १४ लाख […]

नुवाकोटको विकास बजेट खर्च निराशाजनक

काठमाडौं, २१ माघ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम पाइएको छ । सरकारी कार्यालयको खर्च तथ्याङ्क राख्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भीमप्रकाश देवकोटका अनुसार सङ्घीय कार्यालयको खर्च करिब २६ प्रतिशत पुगे पनि […]

बजेट कार्यान्वयन निराशाजनक

काठमाडौँ,२२ पुष । पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा चालू आर्थिक वर्षको आधा समय पूरा हुन लाग्दा पूँजीगत बजेट बल्ल १२ प्रतिशत खर्च गरेको छ । चालू आवमा करिब रु दुई अर्ब बजेट प्राप्त भएर […]

असारे विकासको असर : दाङमा तीन अर्ब २६ करोड विकास बजेट फ्रिज

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो । समयमा विकास निर्माणका योजनाहरू सञ्चालन तथा निर्माण हुन नसक्दा योजनाका लागि विनियोजित गरेको करिब सवा तीन अर्ब रुपैयाँ रकम फ्रिज भएको हो । जसले दाङको भौतिक पूर्वाधार विकासलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । दाङको विकासका लागि संघीय सर

दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

काठमाडौँ,२७ जेठ । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कोष तथा लेखा […]

तीन महिना बाँकी छँदा तीन चौथाई बजेट खर्च गर्न बाँकी

सुर्खेत-कर्णाली प्रदेश सरकारले नौ महिनामा करिब २२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको साउनयता चैत मसान्तसम्म २१.८० प्रतिशत मात्रै बजेट खर्च गरेको हो । त्यसमा पनि विकास बजेट खर्च भने अझै कम अर्थात १८ प्रतिशत मात्र छ । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाकी रहँदा सरकारले तीन चौथाई बजेट खर्च […]

पुँजीगत खर्च २४ प्रतिशत, थप बजेट माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँग थप करिब १ खर्ब रकम माग गरेको छ । विकास निर्माणसम्बन्धी सबैभन्दा महत्वपूर्ण र धेरै बजेट विनियोजन गरिएको भौतिक मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा विनियोजित बजेट खर्च गर्न नसके पनि पुनः ठूलो मात्रामा थप रकम माग गरेको पाइएको हो ।भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको नौ महिनामा हालसम्म पुँजीगततर्फ करिब २४ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित बजेट खर्च गर्नेभन्दा भौतिकको ध्यान नयाँ बजेट थप गर्नेमा केन्द्रित

८० प्रतिशत विकास बजेट खर्च गर्न बाँकी छँदै भरतपुर महानगरले ल्यायो पुरक बजेट

करिब ६ महिनामै सातौं नगरसभा गर्दै भरतपुर महानगरपालिकाले ५६ करोड ४२ लाख २५ हजार रुपैयाँको पुरक बजेट ल्याएको हो। नगरसभाको विषयमा जानकारी दिन मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर रेणु दाहालले जनताबाट थप विकासका कामका लागि चर्को दवाव आएपछि पुरक बजेट ल्याउनुपरेको बताइन्।