धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीको आयोजना प्रतिनिधि सभा विघटन विरुद्ध माघ ९ गते कैलालीको पहलमानपुरमा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नरबहादुर विष्टले, सञ्चालन मेर्जन शाहीले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य लक्षिराम आचार्य, जिल्ला सचिव जगत् जोशी र जिल्ला सदस्य अञ्जना मास्केले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै, मसुरियामा भएको कार्यक्रममा वक्ता राजमोका प्रदेश सदस्य लक्षिराम आचार्य, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, राजमोका जिल्ला सदस्य गोरबहादुर विक हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन राजमोका जिल्ला सचिव जगत् जोशीले गर्नुभएको थियो ।
त्यसैगरी राजमोले चौमालामा भव्य मसाल जुलुस सम्पन्न गरेको छ । मसाल जुलुसपछिको कोणसभालाई राजमोका प्रदेश सदस्य लक्षिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जगत् जोशीले गर्नुभएको थियो ।