हेटौंडा : आगामी आर्थिक वर्ष ०७९-८० का लागि देशका ७ वटा प्रदेशहरूमध्ये बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रूपैयाँको बजेट ल्याएको हो। चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार १३ अर्बले बढाएको छ। प्रदेश सरकारले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर ल्याएको बजेटमा चुनाव लक्षित कार्यक्रमले पनि प्रवेश पाएको छ।प्रतिनिधिसभा र