काठमाडौं : स्थानीय तहको निर्वाचनबारे सत्ता गठबन्धनमा कुरा अलमल परिरहेका बेलामा नेकपा एमाले महासचिव शंकर पोखरेलले समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिएका छन्। सत्ता गठबन्धनले आगामी मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्नेबारे छलफल चलाइरहेको बेलामा महासचिव पोखरेलले वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका हुन्। वैशाखमै स्थानीय तहको निर्वाचन नहुँदा त्यसबाट पर्ने विभिन्न असरलाई उनले फेसबुकमा बुँदागत रूपमा उल्लेख गरेका छन्। पोखरेलको नजरमा यस्ता छन् वैशाखमा स्थान