स्थानीय तहको चुनाव एकै चरणमा किन ? यस्ता छन् निर्वाचन आयोगका ९ तर्क

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा जेठ ४ गते एकै चरणमा देशभर स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ ।  निर्वाचन आयोगले प्रधानमन्त्रीसमक्ष एकै चरणमा चुनाव गर्ने प्रस्ताव गरेको थियो । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरूले लिखित प्रस्ताव पेश गरेका थिए । आयोगको लिखित प्रस्तावमा एकै चरणमा चुनाव गर्नुपर्ने भनेर ९ वटा कारण उल्लेख गरेको छ ।  एकै चरणमा निर्वाचन गर्दा निर्वाचन खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता...