उपेन्द्र यादवलाई सप्तरी–२ मा चुनाव लड्न यस्ता छन् चुनौती

संघीय निर्वाचनको तयारी भइरहेको समयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कहाँबाट उम्मेदवारी दिन्छन् भन्नेबारे चर्चा हुन थालेको छ । २०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । त्यसैले आसन्न निर्वाचनमा पनि उनले चुनाव क्षेत्र परिवर्तन गर्ने हो कि भन्ने चर्चा सुरु भएको हो ।२०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । यस्तै, २०७४ को प्रतिनिधिसभा चुनाव उनले सप्तरीबाट जितेका थिए । यसपटक पनि उनले आफ्नो चु