त्रिविका स्नातक तहका परीक्षा यथावत्

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षको परीक्षा नियमित रूपमा सञ्चालन हुने जनाएको छ। स्नातक तहको परीक्षामा ३० हजार विद्यार्थी मात्र बाँकी रहेकाले त्रिविले स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर परीक्षा गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। व्यवस्थापनको परीक्षा शुक्रवार सकिएको छ भने विज्ञान र शिक्षा शास्त्रको आइतबार सकिँदै छ। मानविकी तथा सामाजिक संकायको परीक्षा २८ गते भित्र सक्ने तयारी छ।

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा स्नातक तह परीक्षा शुक्रबारबाट

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ । आगामी शुक्रबार, आइतबार र सोमबार संचालन हुने परीक्षामा एक सय ११ परीक्षा केन्द्रबाट ३४ हजार ६...

चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा नरोक्ने

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै जोशीले व्यवस्थापन संकायको परीक्षा २२ गतेदेखि सकिएको र विज्ञान, शिक्षा संकायको परीक्षा आइतबारदेखि समाप्त हुने जानकारी दिनुभयो ।

दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा सुरु

काठमाडौं :  कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा आजदेखि  सुरु भएको छ।  परीक्षा आज विहान ७ बजेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।स्वास्थ्य मापदण्डको पालनासहित परीक्षा आजदेखि सञ्चालन गरिएको जोशीको भनाइ छ। कोभिड–१९ का कारण परीक्षा हुन नसकेको स्नातक तह प्रथम वर्षको परीक्षा  सुरु भएको हो।  परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाएका छन्।

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ। तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। […]

त्रिविको स्नातक तहको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने (तालिका सहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे

त्रिविका स्थगित परीक्षा साउनदेखि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ । कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा […]

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न टीयूको नोटिस

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न मिल्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले आज एक सूचना निकाल्दै परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो। ‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन…