काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको छ।तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। त्रिविले चार वर्षे