बच्चा पढाउने एक शिक्षक बन्नुको नाताले आफूले पढाएका सबै विद्यार्थीहरुले समान गतिमा प्रगति गर्न सकून् भन्ने कामना राख्नु स्वभाविक हो । सबै नानीहरू एकसे एक उत्तिकै राम्रा, असल र योग्य बनून् भन्ने चाहना राख्नु अन्यथा हुँदैहोइन । पढाउने शिक्षकको निम्ति आफ्ना शिष्यहरु सहोदर सन्तानतुल्य हुन्छन् । कसैले पनि आफ्नो सन्तानको कुभलो कदापि चिताउँदैन । फेरि आमाबाबुको नजरमा सबै सन्तान बराबरी छन् । कसैलाई तलमाथि गर्नुपर्छ भन्ने सोच किमार्थ उठ्दैन । तर, हामीले आशा कामना गरे जस्तो सबै नानीहरू सिकाइमा एउट