संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश खारेज भएपछि संवैधानिक आयोगहरूमा गरिएका पदाधिकारी नियुक्ति के हुन्छ भन्ने प्रश्न उठेको छ ।
दुईपटकसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा गरिएका ५२ पदाधिकारीको नियुक्ति खारेजीको मागसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमवार सर्वोच्च अदालतमा पुरक निवेदन पेश गरेका छन् ।
निवेदनमा तोक लागिसकेको र सर्भरको समस्याका कारण सोमवार दर्ता हुन नसकेको अर्यालले लोकान्तरलाई जानकारी दिए । मंगलवार अदालत खुल्नेबित्तिकै दर्ता हुने उनको ...