प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा गरिएका संवैधानिक नियुक्ति कानूनसम्मत रहेको जिकिरसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको खुलेको छ ।
आफूलाई समेत विपक्षी बनाएर सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको रिटमा लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीश राणाले रिट नै खारेजभागी रहेको जिकिर गरेका हुन् ।
'रिट निवेदकले आफ्नो रिट निवेदनमा लिएका जिकिरहरू संविधान र कानूनसम्मत् भएको नदेखिएकाले देहायबमोजिमका आधार र कारणहरूबाट औचित्यपूर्ण छैन,' प्रधानन्यायाधीश जबराले ग...