पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६