काठमाण्डौ – मिटर ब्याज पैसा लिँदै जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाण्डौमा आन्दोलन सुरु गरेका छन् ।
नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयवासीलाई मिटर ब्याजमा पैसा लिएर दुई लाख रुपैयाँ ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।
जगदीशका दाजुभाइसँग विदेश जानका लागि डेढ लाख रुपैयाँ ऋण लिए पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पै...