कञ्चनपुर : भूमिसम्बन्धी समस्या समाधान आयोगले जग्गाधनी पुर्जाको लगत लिने कार्य अघि बढाएपछि भूमाफिया गिरोह सार्वजनिक जग्गा कब्जा र फर्जी कागजात बनाउन सक्रिय भएको छ।अहिले भूमि समस्या समाधान समितिको कार्यालय र सबै स्थानीय तहमा भूमाफिया गिरोहको दौडधूप चलेको छ। जिल्ला समिति गठन हुन अघिसम्म स्थानीय तहमा गिरोह सक्रिय रूपमा लागेको थियो।तीन महिनाअघि कृष्णपुर नगरपालिकाबाट पहिलो पटक जग्गाधनी पुर्जा वितरण प्रकृया अघि बढेपछि सरकारी जमिन कब्जा गरी बस्ती बसाउन थालिएको थियो। कृष्णपुरका केही स्थान