मल्टीपर्पस फाइनान्सको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।  पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको हो ।  यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्तिहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने कम्पनीको भनाइ छ । तोकिएको अवधिमा के कति कित्ता वा मूल्यमा खरीद गर्ने हो त्यसको सम्पूर्ण विवरण खुलाई कम्पनी सचिवको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

सूर्योदय वोमी लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ । कम्पनीले दीपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।

सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

एनएमबि बैंकको संस्थापक शेयर विक्रीमा

वैशाख २८,काठमाडौं । एनएमबि बैंकले ५२ हजार ७२२ कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । कम्पनीका तीन जना संस्थापक शेयरधनीको शेयर विक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।   तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी कम्पनीले दिएको छ । शेयरको मूल्य भने कम्पनीले खुलाएको छैन । इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सोसमेत खुलाई निवेदन पेश गर्नु पर्नेछ । साथै कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा संस्थापक शेयरधनीको आवेदन नपरेकाले बुधवारदेखि नै सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ । उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय बबरमहलमा निवेदन दिन सक्नेछन् ।

१० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै एनएमबि बैंक

चैत ११, काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो । यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कर्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाइ छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।

कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा

फागुन ४, काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ । बैंकको १० हजार ७९६ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।  यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना बुधवार जारी गरेको हो ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।  इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

माघ २३, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले संस्थापक शेयरधनीको नामममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो ।  उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीले यो सूचना जारी गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र सहित कम्पनीको केन्द्रीय कार्यालय धनुषामा सम्पर्क गर्न सक्नेछन् ।  उक्त समयमा संस्थापक शेयर खरीद गर्न कुनै पनि निवेदन नआएमा प्रचलित नियमानुसार अन्य ब्याक्तिलाई खरीद प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

पुस २०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १० हजार ५०० कित्ता संस्थापक शेयर पुस २० गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले कुमार मल्लको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने बैंकको भनाइ छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बाुलुवाटार, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।  विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्य्क्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी बैंकले दिएको छ ।

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

मंसिर २९, काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने बताएको हो । कम्पनीले  उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउन भनेको छ । सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको  छ ।

महालक्ष्मी विकास बैंकले ४ लाख संस्थापक शेयर विक्री गर्ने

काठमाडौं, २७ भदौ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १० हजार १३३ कित्ता शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको जनाएको छ । बैंकको निर्देशिका अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको […]

आजदेखि आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता ५ […]