महालक्ष्मी विकास बैंकले ४ लाख संस्थापक शेयर विक्री गर्ने

काठमाडौं, २७ भदौ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १० हजार १३३ कित्ता शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको जनाएको छ । बैंकको निर्देशिका अनुसार पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएको शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकको ७ हजार ५८५ कित्ता संस्थापक शेयर विक्रीमा

मंसिर ३, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ७ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । कम्पनीले गत असोज २० गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा उक्त शेयर खरीद गर्न संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।