जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

मंसिर २९, काठमाडौं । जानकी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने बताएको हो । कम्पनीले  उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउन भनेको छ । सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको  छ ।

सम्बन्धित सामग्री

जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न मिल्ने

काठमाडौं । जानकी फाइनान्स लिमिटेडले ५० हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरीद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।  शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर १८ गते) बाट ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा के कति शेयर खरीद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

जानकी फाइनान्सको ५८ हजार संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक तर्फको ५८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । यसअघि जेठ २२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेको यो शेयर सर्वसाधारणमा जारी गरिएको हो । कम्पनीले आज सूचना जारी गर्दै इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र आवेदन पेस गर्न भनेको छ । निवेदन कम्पनीको केन्द्रीय कार्यालय, जनकपुरधाममा पेस गर्नुपर्नेछ । कम्पनीले अशोक शाहको नाममा रहेको शेयर विक्री खुला गरेको हो ।