आजदेखि आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता ५ […]

सम्बन्धित सामग्री

आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार (भदौ ३१ गते) सम्म रहेको छ ।  बैंकले भदौ २१ गतेदेखि कम्पनीको ३ लाख ५ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीदको लागि कम्पनीको न्यूनतम शेयर मूल्य रू. ५४१ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार

असार ३०, काठमाडौं । तीन ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।  बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता संस्थापक शेयर,मेरो माइक्रोफाइनान्सको ५६ हजार ८६८ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको५३ हजार ७० कित्ता शेयर लिलामीमा ल्याएको हो ।  उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले आरएमडिसीको न्यूनतम मूल्य  प्रतिकित्ता रू.४७३,महुलीको रू.७५२ र मेरो माइक्रोफाइनान्सको रू. ५३४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

असार १६, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले असार ३ गते देखि ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ । असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आरएमडिसी लघुवित्तको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म

जेठ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । बैंकले लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको मूल्य न्यूनतम रू. ४७७ तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । शेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

फरवार्ड लघुवित्तको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा आउँदै

जेठ २६, काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरधनी आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाममा रहेको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री हुने भएको छ ।  कम्पनीले ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउन लागेको हो । उक्त शेयर खरीद दगर्न इच्छुक आवेदकले आवेदकले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी गराएको हो ।  असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यलयमा खाल्ने भएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन आज

जेठ ५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैंकिङ्ग समयसम्म रहेको छ ।  उक्त कम्पनीले गत वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।  जसमा आवेदकले आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ४९८, ग्रामीण विकास लघुवित्तको रू. ४०० र युनाइटेड इन्स्योरेन्सको रू. ३२१ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदन दिन सक्नेछन् ।

दुई ओटा लघुवित्तको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

वैशाख १२, काठमाडौं । मेरो माइक्रोफाइनान्स र लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख २० हजार ७४३ कित्ता संस्थापक शेयर आज (आइतवार)देखि लिलामीमा विक्री खुला हुने भएको छ ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर वैशाख २० गतेसम्मका लागि लिलामीमा विक्री खुला भएको हो । लिलामी बोलकबोलका लागि मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको प्रतिकित्ता रू. ४३७ तोकिएको छ ।  यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा वैशाख १२ गतेपछि घोषणा हुने हकप्रद शेयर तथा लाभांश प्राप्त गर्नेछन् ।  उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आरएमडिसी लघुवित्तको शेयर आजदेखि लिलामीमा

काठमाडौं, २ बैशाख । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा ल्याएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ३ लाख ९३ हजार ८ सय १ संस्थापक शेयरमा बैशाख ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । इच्छुक शेयर खरिद कर्ताहरुले प्रतिकित्ता ४ सय ३५ रुपैयाँ तोकिएको हुनाले सो […]