सांग्रिला डेभलपमेन्टको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ७७३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि इच्छकु व्यक्ति तथा संस्थाहरूले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

तीन विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । भदौ ८ गते तीन विकास बैंकले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २० हजार कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले ३ लाख ३४ हजार ८७४ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकले १६ हजार २७५ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन् । तीन कम्पनीमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरको प्रतिकित्ता मूल्य १४५ तोकेको छ । अन्य दुई कम्पनीहरूले भने शेयरको मूल्य खुलाएका छैनन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले विक्रीमा ल्याएको शेयर खरीद गरेका शेयरधनीहरूले भदौ ८ गतेपछि कम्पनीद्वारा घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्ने जानकारी समेत दिएको छ । भदौ ८ देखि विक्रीमा आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर खरीदका लागि भदौ १७ गतेसम्म आवेदन दिनुपर्नेछ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।  अन्य दुई कम्पनीको शेयर खरीदका लागि आगामी १५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । सांग्रिला डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले भने यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

पुस २८, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।  बैंकले बुधवार सूचना जारी गरी कम्पनीका संस्थापक शेयरधनी रुपेश थापाको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जानकारी गराएको हो ।   नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्रथामिकता बैंककै संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा पुग्ने गरी निवेदन गर्न जानकारी गराएको छ ।   उक्त समयभित्रमा आवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा

पुस २०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १० हजार ५०० कित्ता संस्थापक शेयर पुस २० गते मंगलवारदेखि विक्रीमा ल्याएको छ । बैंकले कुमार मल्लको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने बैंकको भनाइ छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय बाुलुवाटार, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।  विद्यमान शेयरधनीहरुबाट तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा भने अन्य व्य्क्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी बैंकले दिएको छ ।

सांग्रिला बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं, ७ कात्तिक । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । बैंकले आइतबार देखि ७४ हजार ६ सय ९५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । बैंकले शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गर्न […]

सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजार ८२७ संस्थापक शेयर विक्रीमा

कात्तिक ७, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले १९ हजार ८२७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आइतवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी शंकर ज्ञवालीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यायल, बालुवाटार, काठमाडौंमा के कती कित्ता शेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाइ निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सांग्रिला डेभलपमेण्ट बैंकको  २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा

भदौ ३०, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना संस्थापक सदस्यहरुको नाममा रहेको कुल २८ हजार ७८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।  कम्पनीले शोभा मिश्रले विक्री गर्न चाहेको ८ हजार कित्ता र शशी कार्कीले विक्री गर्न चाहेको २० हजार ७८४ कित्ता शेयर विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो ।  यो शेयर खरीदका लागि विद्यमान शेयरधनीहरुले मात्र ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्तिलाई यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

सांग्रिला डेभलपमेन्टले संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्दै

काठमाडौं, १७ भदौ । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर भदौ १७ गतेदेखि विक्रीमा ल्याउने भएको छ । बैंकले २० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो । बैंकले यो शेयर खरिदका लागि सम्बन्धीत बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको छ ।

सांग्रिला डेभलपमेण्ट बैंकको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा

भदौ १७, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको २० हजार कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ । कम्पनीको संस्थापक शेयरधनी मधुसुदन शर्माको नाममा रहेको उक्त शेयर विक्री खुला गरिएको हो । उक्त शेयरको मूल्य भने तोकिएको छैन ।  कम्पनीले भदौ १७ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र आवश्यक कागज प्रमाण्पत्र संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय, बालुवाटार, काठमाडौंमा के कति कित्ता शेयर खरीद गर्ने सो को व्योहोरा खुलाई रितपूर्वक निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त म्याद भित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति संस्थालाई विक्री गरिने समेत कम्पनीले जानकारी दिएको छ ।