चैत ११, काठमाडौं । एनएमबि बैंक लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा ल्याएको छ ।
बैंकले शेयरधनी विजय बाबु श्रेष्ठको नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर विक्रीका लागि शुक्रवार ३५ दिने सूचना जारी गरेको हो ।
यी शेयर खरीदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कर्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाइ छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।