सूर्योदय वोमी लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । यो शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय ललितपुरा वा शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा पेस गर्नुपर्नेछ । कम्पनीले दीपक शर्माको नाममा रहेको शेयर विक्रीमा ल्याएको हो ।

सम्बन्धित सामग्री

सूर्योदय वोमी लघुवित्तको ६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ६ हजार २०६ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ईन्द्र बहादुर गोदारको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, महालक्ष्मी, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट यो शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

आफ्नो स्वामित्वको दुई कम्पनीको संस्थापक शेयर विक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले नागरिक लगानीकोष र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर विक्रीमा ल्याएको हो । बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ९७ हजार ३०५ कित्ता र नागरिक लगानीकोषको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १९६ रुपैयाँ र नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता ६८६ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । नागरिक लगानीकोषको शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सीमाका लागि सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । दुवै कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले मङ्सिर १९ गतेपछि घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

दुई लघुवित्तको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेका छन् । सूर्योदय वोमी लघुवित्तले ६० हजार ६१७ कित्ता र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ८७ हजार १४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । दुबै कम्पनीको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूर्योदय वोमी लघुवित्तको शेयर खरीदका लागि कम्पनीको कर्पोरेट कार्यालय ललितपुर तथा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा र सूर्योदय आशा लघुवित्तको शेयर खरीदका लागि केन्द्रिय कार्यालय काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा दुबै कम्पनीको शेयर विक्रीमा आउनेछ ।

सूर्योदय वोमी लघुवित्तको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ४६५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गरेको उक्त शेयर विक्री हुन नसकेपछि सर्वसाधारणमा जारी गरिएको हो । यो शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने कम्पनीको भनाइ छ । इच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय इमाडोल, ललितपुर र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

सानिमा बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौं । सानिमा बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सानिमा बैंकले ६७ हजार संस्थापक शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हाे । बैंकले प्रतिकित्ता रू. १४५ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ । बैंकको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १५१ छ भने सर्वसाधारण तर्फको शेयर मूल्य प्रतिकित्ता रू. २५९ दशमलव ९० छ । त्यस्तै, सूर्योदय वोमी लघुवित्तको ९७ हजार २९२ कित्ता संस्थापक शेयर पनि विक्रीमा आएको छ ।  लघुवित्तले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय, ललितपुरमा आवेदन पेस गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. ४४७ छ । सर्वसाधारणतर्फको शेयर मूल्य भने प्रतिकित्ता रू. ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सूचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर २१७ रुपैयाँमा विक्री खुला

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको १ लाख ६ हजार ९०० कित्ता संस्थापक शेयर असार ६ देखि विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू. २१७ अंकित मूल्यमा उक्त शेयर विक्रीमा ल्याएको हो । असार १३ गतेसम्म विक्रीमा रहने यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोही व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर विक्री खुला गरिएको हो । शेयर खरीदका लागि आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी आवेदन पेश गर्न सकिनेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस