फागुन ४, काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर आज (बुधवार)देखि लिलामीमा आएको छ । बैंकको १० हजार ७९६ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना बुधवार जारी गरेको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।
इच्छुक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।