निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले स्थानीय तहको निर्वाचन अपेक्षकृतरुपमा अनुमान गरिएको भन्दा केहि फरक तर सापेक्षितरुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएको छ । निर्वाचनमा आम मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएको समेत देखिएको समितिले बताएको हो ।यद्यपि छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जानकारी प्राप्त भएको समितिको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा,