उम्मेदवारी दर्ताकै क्रममा आचारसंहिता उल्लंघन : निर्वाचन पर्यवेक्षण समिति

काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताकै क्रममा कतिपय उम्मेदवारबाट आचारसंहिता उल्लंघन भएको जनाएको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्ने सिलसिलामा ठूला राजनीतिक दलहरु लगायत अन्य क्षेत्रीय तथा साना प्रभावशाली राजनीतिक दलहरु तथा स्वतन्त्र आकांक्षीहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको देखिने गरी ‘नाङ्गो उल्लंघन’ गरेका घटना र त्यसलाई प्रमाणित गर्ने तस्बिरहरु, भिडियोहरु प्राप्त भएको जनाएको हो ।‘निर्