काठमाडौं– विदेशी पर्यवेक्षकहरूले काठमाडौं उपत्यकाका मतदान केन्द्रहरूको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपाल भित्रका भने ४४ संस्थाहरूले पर्यवेक्षणको अनुमति पाएका थिए। भारतबाट भारतका प्रमुख निर्वाचन आयुक्त राजीव […]