काठमाण्डाै – आम निर्वाचन पर्यवेक्षण समिति (जियाेक) ले पालिका चुनावको पहिलो चरण शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
पहिलो चरणको चुनावपछि सञ्चारकर्मीसँगको कुराकानीमा समितिका निवर्तमान महासचिव डा. गोपालकृष्ण सिवाकोटीले काठमाण्डाैकाे बानेश्वरमा कल सेन्टर स्थापना गरेर पालिका चुनावको पर्यवेक्षण गरिरहेको बताउनुभयो । जियाेकले ७७ जिल्लामा १२ सय पर्यवेक्षक खटाएर चुनावको सूचना सङ्कलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।
निवर्तमान महासचिव सिवाकोटीले आज बिहान ११ बजेसम्मको जानकारीअनुसार देशभरका विभ...