काठमाडौँ – विदेशी पर्यवेक्षकहरुले काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिएका थिए। जसमा भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरु सम्मिलित टोलीले निर्वाचन पर्यवेक्षण गरेको हो। नेपालभित्रका भने ४४ संस्थाहरुले पर्यवेक्षणको अनुमति पाएका थिए। […]