काठमाण्डाै - निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई स्पष्टीकरण सोधेको छ ।
वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता–२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोग...