कुनैपनि मुलुकको वास्तविक पूँजी भनेका त्यहाँका मानिस, त्यसमा पनि युवा हुन् । वास्तविक विकास भनेको युवा वर्गलाई आशा र उमङ्गका साथ सिर्जना र निर्माणमा लगाउनु हो । युवाहरू विचार, उत्साह र जागरणका पुञ्ज हुन् । युवाहरू शक्ति र ऊर्जाका स्रोत हुन् । भनिरहन परोइन, मुलुकको भविष्य युवाहरूको आशा, उत्साह र कर्ममा हुन्छ । युवा नै भविष्य हुन् ।
युवाहरूको परिश्रम, समर्पण र सिर्जनाले समाजको विवेकपूर्ण पुनर्निर्माण भैरहेको हुन्छ । समाजको विसंगति र बिब्ल्याटाहरूलाई बढार्ने पनि युवा नै हो । युवा आक्रोश र विद्रोह हो, ऊ विध्वंश गर्न पनि पछि पर्दैन...