शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना

काठमाडौं।शाही युवा शक्ति नेपालको अगुवाइमा राजतन्त्र पुनःस्थापनको माग गर्दै धर्ना दिइएको छ।शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिइएको हो।प्रदर्शनकारीले ‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजतन्त्र जिन्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर्’, ‘राजा आऊ देश बचाऊ’, ‘राजा–जनता एक हौँ’, ‘भ्रष्ट नेता मुर्दावाद’लगायत नारा लगाएका थिए।

सम्बन्धित सामग्री